कालिकोट – नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।आज ललितपुरमा भएको एक कार्यक्रममा नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले विवाह गर्नका लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने जिकिर गर्नुभएको छ । । यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।नेत्री राणाले धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताउनुभयो ।