बम्जन विरुद्धको मुद्दाको थुनछेक बहस पूरा

कालिकोट । बलात्कार आरोप लागेका रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस पुरा भएको छ । सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताउनु भएको छ ।न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे बहस भएको बताईएको छ । अदालतले आजै थुनछेक आदेश गर्ने भएको छ । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप रहेको छ ।

रातो पाटी बाट साभार