टीआरसी छलफलमा फेरिएको दृश्य । एमाले नरम, कांग्रेस गरम

संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बिहीबार पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको ९टीआरसी० विधेयकमाथि छलफल भयो । तर यो छलफलमा अरु दिनभन्दा केही फरक दृश्यहरु देखिए ।बैठकमा नेकपा एमालेले विधेयक सहमतिमा पारित गर्नुपर्नेमा जोड दिएको छ । उसले संसदीय प्रक्रियाको विरोध त गरेन, तर आफ्नो सहमति बिना यो विधेयक अगाडि बढाउँदा द्वन्द्वरत पक्षहरु ९कांग्रेस र माओवादी० ले मिलीजुली गरे भन्ने सन्देश जानसक्ने चेतावनी दिएको छ ।विगतमा प्रमुख दलहरुबीच सहमति गर्नुपर्ने मत राख्दै आएको नेपाली कांग्रेसले दिन तोकेर सहमति खोज्ने, नभए अल्पमत–बहुमतको संसदीय प्रक्रियामा जानुपर्ने बताएको छ ।एमालेले लाभ लिन बार्गेनिङ गरेको तर टीआरसी विधेयक टुंग्याउन सहयोग नगरेको कांग्रेस नेताहरुको बुझाइ छ । गत भदौमा एमालेले टीआरसी विधेयक अगाडि बढाउने गरी सत्ता गठबन्धनबाट ३ वटा संसदीय समितिको सभापति लिएको थियो ।पछिल्लो पटक राष्ट्रियसभा निर्वाचनमा पनि भागवण्डाको प्रयास भएको थियो । एमालेले आफ्नो नेतृत्वको सरकार नबन्दासम्म यो विधेयक अड्काउने देखिएकाले अब प्रक्रियामा भए पनि जानुपर्ने कांग्रेसको बुझाइ छ ।सरकारको नेतृत्व गरेको माओवादी केन्द्रकै सांसद विमला सुवेदी कानुन समितिकी सभापति छिन् ।माओवादी नेताहरु भने संक्रमणकालीन न्याय राजनीतिक विषय पनि भएको भन्दै सहमतिबाटै अघि बढोस् भन्ने चाहन्छन् । सहमति सम्भव भएन भने अन्तिम विकल्पको रुपमा संसदीय प्रक्रियामा जानुपर्ने उनीहरु बताउँछन् ।

अनलाईन खबर बाट साभार

error: Content is protected !!