रसियन सेनामा भर्ना भएका प्युठानका एक जना युवकको मृत्यु

 

कालिकोट । रसियन सेनामा भर्ना भएका प्युठानका एक जना युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं.४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको बताईएको छ ।सोनु सुनार सँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको बुझिएको छ ।नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं.४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ दुई वर्षदेखि दुबईमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए ।

error: Content is protected !!