।
कालिकोट । माघे संक्रान्तिको अवसरमा थारू समुदायहरुले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएका छन्।आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले त्यस बारेमा जानकारी गराएको बताईएको छ । माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन्। यो वर्ष थारू संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने मुल नारासहित माघी पर्व मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताएका छन् ।उनले महोत्सवमा थारू सांस्कृतिक झाँकी, थारू सांस्कृतिक प्रस्तुति, थारू खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताएका हुन्।