त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भन्सारमा सुन्दर दृश्य

 

कालिकोट । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भन्सार चेकिङ क्षेत्रमा अहिले चिटिक्क पारिएको छ।दैनिक १४ हजार यात्रुको आवागमन हुने गरेपछि ‘एक्स(रे’ मेसिनसामु अव्यवस्थित भीड हुने गरेको थियो। भीडका कारण लामो समय कुरेर बस्नुपर्ने गुनासो आएपछि क्यानसँग समन्वय गरी विमानस्थलको भन्सार विभाग विस्तार गरिएको बताईएको छ ।विदेशी पर्यटकलाई सबै कुरा बुझ्न सहयोग होस् भनेर अहिले भन्सारमा न्याथम कलेजसँग समन्वयन गरी हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थीहरूलाई समेत खटाइएको छ। यात्रुहरूको सहजताका लागि सोफाको व्यवस्था पनि गरिएको छ।

 

error: Content is protected !!