कालिकोट। राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुने भएको छ ।राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । यही पुसको २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् भने त्यसपछि सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने भएको छ ।