कालिकोट । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ भने। राति कोशी र बागमती प्रदेशको पहाडी भेगका आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतयातया सफा रहने भएको छ। चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन महाशाखाका सुझाव दिएको छ।