कैलालीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

कालिकोट । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाृ मृत्यु भएको छ।कैलालीको मोहन्याल–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा हिजो साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका– १ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको बताईएको छ ।ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ आउँदै थिए ।