माछा मार्न गएका पुरुषको खोलामा खसेर मृत्यु

कालिकोट। जिल्लाको शुभकालिका गाउँपालिकामा माछा मार्ने क्रममा चिप्लीएर खोलामा खसी एक जना पुरुषको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल खाडाचक्र नगरपालिका वडा नं ४ मा बस्दै आउनु भएका अन्दाजी वर्ष ४८ का धनेराम चौलागाईको चिप्लीएर करिब दुई मिटर तल खोलामा खसेर मृत्यु भएको हो । माछा मार्न भनेर गएका चौलागाई घर नफर्कीएपछि आफन्त लगायत जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली घटनास्थल पुगी खोज–तलास गर्दा सोही गाउँपालिका वडा नं २ को भर्तागाड खोलामा मृर्तकको शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान गरी शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल कालिकोटमा राखीएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी (ईन्स्पेक्टर) पोषण थापाले जानकारी दिनु भएको छ ।