कालिकोट । सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसतमा १८ आप्रवासी हराएको खुलेको छ।स्पेनी आप्रवासी अधिकारी समूहले कम्तीमा ६ हजार ६१८ आप्रवासी हराएको जानकारी दिएको छ । यसमध्ये ३८४ जना बालबालिका रहेको पनि बताईएको छ ।अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा उनीहरू हराएका वा मारिएका खुलेको छ ।मालेनाले स्पेन जाने प्रयास गर्नेहरूको सङ्ख्यामा वृद्धिका कारण गत वर्ष मृत्यु र बेपत्ताको घटनामा वृद्धि भएको बताएकी छन्