फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले ग्याब्रियल एटललाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यससँगै ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन्।६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा स्वीकार गरेसँगै राष्ट्रपति म्याक्रोँले एटललाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् र उनलाई सरकार बनाउने जिम्मेवारी दिएका छन्।’ यससँगै यसै सातासाता मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ ।म्याक्रोँले कार्यकालको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेका वेला एटललाई जिम्मेवारी दिएका हुन्। यससँगै प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने अपेक्ष गरिएको छ।३४ वर्षीय एटलले यसअघिको रेकर्ड सजिलै तोडेका छन्। यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट फाबियसप्रधानमन्त्री नियुक्त भएका थिए।
थाहा खबर बाट साभार