सगरमाथा कृषि तथा पशुपंन्छी सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न

कालिकोट । जिल्लाको शुभकालिका गा पा वडा नं ४  मा रहेको सगरमाथा कृषि तथा पशु पंन्छी सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । व्यवसायिक कृषि उत्पादन र वजारीकरणमा सहभागिता । “दिगो एवम प्रविधिमैत्रि सहकारी हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ सगरमाथा कृषि तथा पशुपंन्छी सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सगरमाथा कृषि तथा पशुपंछी सहकारी संस्थाका अध्यक्ष बिरेन्द्र खत्री को सभाअध्यक्षता शुभकालिका गाउँपालिका अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य (अनिल) को प्रमुख आतिथ्यता नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य महारुद्ध आचार्य (महान) , हिमचुलि कृषि सहकारी शाखा शुभकालिका गाउँपालिका केन्द्रका ब्यवस्थापन सन्तोष भण्डारी, शुभकालिका गाउँपालिका योजना शाखा प्रमुख दुर्ग प्रसाद आचार्य, नेकपा एमाले वडा नं ४ का वडा कमिटी अध्यक्ष टिकाराम चौलागाईं को विशेष आतिथ्यता नेकपा माओवादी केन्द्र शुभ कालिका गाउँ कमिटी सचिव धीर बहादुर शाही नेपाली काङ्ग्रेस का प्रतिनिधि  गोबिन्द्र चौलागाईं, शुभकालिका गा पा वडा नं २ का कार्यवाहक अध्यक्ष दुर्गा नाथ योगी शुभकालिका गा पा वडा नं ५ का वडा सदस्य नमराज रोकाया नेकपा माओवादी केन्द्र पार्टी वडा नं ४ का वडा कमिटी अध्यक्ष हर्क सुनार , सचिव तुलराज चौलागाईं (आकाश),  संस्थाका पदाधिकारी सम्पुर्ण सेयर सदस्यहरु लगाएतको उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको प्रेस सेन्टर शुभकालिका गाउँ कमिटी अध्यक्ष दिलिप चौलागाईंले बताएका छन्। । साथै उक्त प्रथम साधारण सभा कार्यक्रममा संस्थाका सदस्य वीरेन्द्र चौलागाईले अतिथिहरूलाई शब्दद्वारा स्वागत गरेका थिए भने संस्थाका सदस्य रमेश चौलागाईले प्रतिवेदन प्रस्तुत गरेका थिए । विशेष गरी समाजसेवामा केन्द्रित भएर पिछडिएको वर्ग, विपन्न वर्गहरुलाई ससक्तीकरण गरेर अगाडी वढाउले र सकेसम्मको सहयोग गर्ने उदश्येले एक वर्ष अगाडी सहकारी संस्थाको स्थापना गरीएको थियो ।साधारण सभामा शुभकामना दिदै प्रमुख अतिथि, विषेश अतिथि लगाएत सम्पुर्ण अतिथि बक्ताहरुले संस्थाले आजसम्म प्राप्त गरेका उपलब्धि हरुको रक्षा गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भयको थियो साथै साधारण सभा भव्यरुपमा सफलताको शुभकामना दिँदै आगामी दिनमा संस्थाको लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अन्तमा सहकारीलाई थप उचाइमा पुर्‍याउनको लागि आगामी दिन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै सभाध्यक्षले कार्यक्रम समापन गर्नुभएको अध्यक्ष चौलागाईले बताएका छन्।

error: Content is protected !!