माघे संक्रान्ति नजिकिएसँगै व्यवसायीलाई चाकु बनाउने चटारो

 

कालिकोट । माघे संक्रान्ति पर्व नजिकिए सँगै काठमाडौंको टोखाका व्यवसायीहरुलाई चाकु बनाउने चटारो छ। संक्रान्ति आउनै लाग्दा चाकुको उत्पादन र व्यापारमा तीव्रता आएको बताईएको छ।माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायीहरू चाकु बनाउन व्यस्त रहेका छन्। एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म, खुवा चाकु, सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलोको १८० रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् ।टोखामा परम्परागत चाकु संरक्षक समाजभित्र १३ वटा चाकु उद्योग रहेका पनि बताईएको छ ।

error: Content is protected !!