कालिकोट । पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १६८ किलो गाँजासहित दुई जनालाई प्रक्राउ गरेको छ।पक्राउ पर्नेमा धादिङको बेनीघाट बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङका २२ वर्षीय राजु लामा रहेका प्रहरीले जनाएको छ ।पर्साको वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बोलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उनीहरूलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले प्रक्राउ गरेको हो।उनीहरू उक्त गाडीका चालक तथा सहचालक रहेको बुझीएको छ । उनीहरूको साथबाट ७८ हजार ५०० रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको बताईएको छ।