कालिकोट । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताईएको छ ।पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छभने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ।