कालिकोट । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश शङ्करबहादुर राईको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको बताईएको छ । सो प्रकरणमा संलग्न रहेको भनिएका दुईजना व्यक्ती अझै फरार रहेको समेत बताईएको छ ।दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो।