राष्ट्रियसभा निर्वाचनमा दाबी विरोध र उजुरी दिन सकिने

 

कालिकोट । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार आज दाबी विरोध र उजुरी दिन सकिने भएको छ।हिजो मनोनयन दर्ता गरेका उमेदवारहरु विरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने बताईएको छ।निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाईएको छ।पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका रहेको छ।