कालिकोट । जिल्लाको पलाँता गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्लाकै विकट क्षेत्रका रुपमा रहेको पलाँता गाउँपालिका भित्र भएका पशुहरुको निःशुल्क उपचार गर्ने उदेश्यले शिविर सञ्चालन गरीएको हो । पलाँता गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष गगन बहादुर बमको सभाअध्यक्षता विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटका कर्मचारीहरु स्थानिय वासी लगायतको उपस्थीतिमा शिविर सञ्चालन गरिएको बताईएको छ । शिविरमा वडा नं ७, ८ र ९ का पशुपन्छी पालकहरु सेवा लिन आएका पशुसेवा कार्यालय कालिकोटका सुचना अधिकारी अकल बहादुर सेजुवालले जानकारी दिनु भएको छ । एक दिने उक्त शिविरमा तिन वटा वडाका भेडा, बाख्रा, गाइर्, भैंसी र घोडा गरी जम्मा दुई हजार दुई सय पचहत्तर (२२७५) पशुहरुको उपचार गरिएको सुचना अधिकारी सेजुवालले बताउनु भयो । पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटको आयोजना तथा पलाता गाउँपालिकाको सहजीकरणमा उक्त शिविर सञ्चालन गरिएको थियो ।