राष्ट्रियसभाको चुनावका लागि कर्णालीबाट गठबन्धनको एकसाथ उम्मेदवारी दर्ता

कालिकोट । राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका बताईएको छ ।तीनवटा सिटमा हुने निर्वाचनअन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक(एक सिट परेको छ। जसअन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल दैलेख, दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ कालिकोट र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दर्ता गराएका हुन्।