राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता हुदै

कालिकोट । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवार मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको बताईएको छ।आज दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने भएका छन्।माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ भने मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ।