केकभित्र गाँजा राखेर बेच्ने एक जना युवा पक्राउ

 

कालिकोट । नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बेचेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी सार्वजनिक गरिएको बताईएको छ ।ब्यूरोका प्रवक्ता रहेका प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

error: Content is protected !!