नेकपा एकीकृत समाजवादीको उम्मेदवार छान्ने अधिकार कार्यदललाई

कालिकोट । नेकपा एकीकृत समाजवादीको आज हिजोको सचिवालय बैठकले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सर्वाधिकार प्रदान गरेको छ।पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले क्षेत्र, क्लष्टर र उम्मेदवार छनोट गर्ने सर्वाधिकार कार्यदललाई दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन्। अध्यक्ष नेपाल नेतृत्वको उक्त कार्यदलमा उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन्।आगामी माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचन तथा राष्ट्रपतिबाट मनोनीत १ सिट बाँडफाँट गर्न गठबन्धन दलबीच अहिलेसम्म भएका छलफल तथा कार्यप्रगतिबारे बैठकमा अध्यक्ष नेपालले जानकारी गराएका थिए।पार्टीले प्राप्त गर्ने सिट सङ्ख्याको अन्तिम टुङ्गो लागेपछि कार्यदलले विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिश गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनोट गर्ने जनाइएको छ।

 

error: Content is protected !!