निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली गर्यो प्रकाशित

कालिकोट । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ। पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिने भएको छ।पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेभएको छ भने पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका रहेको पनि बताईएको छ।

 

error: Content is protected !!