कालिकोट । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुलको व्यापार सुरु भएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भिड लागेको छ ।कालीमाटीमा यतिबेला घरतरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुलहरु धमाधम बिक्री वितरण भइराखेका व्यापारीहरु बताउछन् ।