माओवादीले राष्ट्रियसभामा उम्मेदवारको नाम टुंगो लगायो

कालिकोट । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको सचिव लीलामणि पौडेलले जानकारी दिएका । उनका अनुसार कोशीबाट महिला कोटामा चम्पादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दलाई उम्मेवार बनाउने निर्णय भएको छ।लुम्बिनीमा अन्यबाट झक्कुप्रसाद सुवेदीको नाम प्रस्ताव भए पनि थप परामर्शमा टुंग्याउने तयारी भइरहेको उनले बताएका छन्।आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा सिट बाँटफाँट गरेको थियो।

error: Content is protected !!