झापामा मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, दुई घाईते

कालिकोट । झापाको बिर्तामोड २ स्थित चार पाने चोकमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।  शनिवार साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र –०१–००२ख–०१४९ नं को बससँग मे ५ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो। पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएका थिय।दुर्घटनामा परी कनकाई नगरपालिका ८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए। मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी कनकाई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते  भएका छन्।