सत्ता गठबन्धनमा राष्ट्रियसभाको भागबण्डा टुंगियो

कालिकोट । सत्ता गठबन्धन चार दलबिच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति १२ बजेसम्म बसेको गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच भएको छलफले सिट बाँफाँट करिब टुंगिएको कांग्रेस नेता रमेश लेखकले बताएका छन । आगामी माघ ११ मा हुने निर्वाचनमा १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभाका मतदाताको अंकगणित हेर्दा सात प्रदेश मध्ये ६ वटामा कांग्रेस पहिलो छ । कोशी प्रदेशमा भने एमालेको मतभार कांग्रेसको भन्दा बढी छ । कर्णालीमा माओवादी केन्द्रको दोस्रो मतभार छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा तेस्रो मतभार छ । मधेस प्रदेशमा माओवादी मतभारका हिसाबले चौथो स्थानमा छ । त्यहाँ जसपा मतभारका हिसामा तेस्रो छ । अन्य प्रदेशमा एकीकृत समाजवादी र जसपाको उपसिस्थति न्युन छ । आज विहान बस्ने बैठकले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले पाएको सिटको क्लस्टर टुंगो लगाउने उनको भनाइ छ । रााष्ट्रिय सभाका लागि कोशीमा अन्य र महिला गरी २ सिट, मधेशमा अन्य र महिला गरी २, बागतीमा अपांग, दलित, अन्यसहित चार, गण्डकीमा अपांग, महिला र अन्य गरी ३ सिट, लुम्बिनीमा महिला र अन्य गरी २ सिट, कर्णालीमा महिला, दलित र अन्य गरी ३ सिट र सुदूरपश्चिममा अन्य, अपांग र महिला गरी ३, सिटका लागि निर्वाचन हुनेछ । गठबन्धनबीच यी नै क्लस्टरका आधारमा भागबन्डा गर्ने तयारी छ ।