कालिकोट । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटबारे सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । गर्न बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। बैठक आज बिहान बस्ने छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा नमिलेको भन्दै बैठक निष्कर्षविहीन भएको थियो ।कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। लेखकका अनुसार बैठक आज बिहान फेरि बस्ने भएको छ।उनीहरुको दाबीअनुसार १९ सिटका लागि २६ पुगेको छ। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका बताईएको छ ।