कालिकोट । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज हुने भएको भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको बताईएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने तेस्रो संशोधन नियम, २०८० संशोधन गरेको हो । संशोधन अनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिने भएको छ ।यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई , पाँच वर्ष नाघेकाको हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।