बरहथवामा प्रदर्शन नरोकीएपछि सिडिओसहितको टोली पुग्दै

 

कालिकोट । सर्लाहीमा गोली लागेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवा बजारमा स्थानीय बासिन्दाले प्रदर्शन जारी राखेका छन्।हिजो दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशंकर साहको शव अझै घटनास्थलबाट उठेको छैन। स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका बताईएको छ ।आज बिहानैदेखि स्थानीयले टायर बालेर प्रदर्शन जारी राखेका बताईएको छ ।यसैबीच जिल्ला प्रशासन कार्यालयमा केही बेरअघि भएको सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितको टोली बरहथवा आउँदै छ।

 

error: Content is protected !!