राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका ६ जना सिफारिस

कालिकोट। राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ ,कृष्ण कुमारी गुरुङ बर्दिया, एकमाया विक बाँके,तुलसी के सी बाँके र शारदा शर्मा कपिलवस्तुलाई सिफारिस गरेको हो ।प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले ६ जना समावेशी नबाएर आफूहरूले सिफारिस गरेको बताउँदै त्यसमध्ये बाट २ जनालाई केन्द्रीय कमिटीले टिकट दिने रातोपाटीलाई बताएका छन् । अन्य दलहरूले प्रदेशबाट सिफारिस यसअघि नै गरे पनि एमालेले अन्तिम समयमा गरेको हो ।लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुँदै छ ।

error: Content is protected !!