अदालतको अवहेलना मुद्दामा प्रचण्डलाई सफाइ

कालिकोट । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले आज निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिएका छन्।​गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षड्यन्त्र भन्दै द्वन्द्वकालका मुद्दा ब्यूँताए विद्रोह गर्ने चेतावनी दिएका थिए।द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ गते प्रचण्डविरुद्ध मुद्दा दर्ता गरेका थिए।

 

 

error: Content is protected !!