सर्लाही बरहथवाको झडपमा एकजनाको मृत्यु

कालिकोट । सर्लाहीको नगरपालिकामा अस्पतालको विषयलाई लिएर भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजनाको मृत्यु भएको जानकारी आएको तर के, कसरी घटना भएको हो भन्ने यकिन भइनसकेको बताएका छन् । शव स्थानीयले घेरेर राखेकाले सो क्षेत्रमा थप प्रहरी बल पठाइएको स्थानीय प्रशासनले जनाएको छ। प्रादेशिक अस्पताल बनाउने विषयमा स्थानीयहरुको प्रदर्शन रहेको र सोही क्रममा भएको झडपमा ती व्यक्तिको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको छ।नगरपालिकाले शुरुमा अस्पताल बनाउने भनेर निर्णय गरेको तर कार्यान्वयन नहुँदै स्थगन गरिएको विषयमा स्थानीयले प्रदर्शन गरेका बताइएको छ।सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले प्रदर्शन पूर्व आँकलन गरिए पनि त्यत्रो ठूलो घटना भइहाल्ला भन्ने नलागेको थाहाखबरलाई बताए। उनले पनि एक जनाको मृत्यु भएको जानकारी आएको तर पहिचान नभएको बताएका छन्।नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरी हवाई फायर तथा अश्रुग्याँस प्रहार भएको बताएका छन् ।

error: Content is protected !!