कालिकोट । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरेको छ। शुक्रबार एक सूचना प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको पद नियुक्तिका लागि दरखास्त आव्हान गरिएको बताईएको छ ।उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा ९२० बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०” बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने प्रयोजनमा समिति गठन भएको थियो ।