आज राष्ट्रपति पौडेल बुटवल जाँदै

कालिकोट । राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल जाने भएका छन्। बुटवल उपमहानगरपालिका–१ मा रहेको जितगढी किल्ला हस्तान्तरणको लागि राष्ट्रपति पौडेल बुटवल जान लागेका बताईएको छ । उनी बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत बुटवल जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । जितगढी किल्लालाई आज नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ। युद्धमार्फत आफ्नो साम्राज्य बिस्तार गर्दै हिंडेको ईष्ट ईण्डिया कम्पनीलाई पराजित गरि जितगढीमा नेपाली फौजले विजयको झण्डा फहराएको थियो।अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उँचो बनाएपनि ओझेलमा परेको जितगढीमा नेपाली सेनाको अगुवाईमा बुटवल उपमहानगरपालिकाले विभिन्न ऐतिहासिक संरचनाहरु पुनर्निर्माण गरिरहेको थियो।विक्रम सम्वत् १८७१ पुस २१ गतेदेखि १८७२ वैशाख ७ गतेसम्म जितगढीमा नेपाल अंग्रेसका बीचमा युद्ध भएको थियो।

 

error: Content is protected !!