काठमाडौं । भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिन सक्ने भएको छ । यसअघि यस्तो सीमा ५ करोड रुपैयाँ थियो ।नेपाल(भारत संयुक्त आयोगको आज बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका अधिकारीबीच २० करोड रुपैयाँसम्मका परियोजनामा भारतले सिधै अनुदान दिन सक्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई(इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट ९एचआईसीडीपी० कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।अब भारतले २०८३ साउन २० गतेसम्म यसअन्तर्गत कार्यक्रम गर्न पाउँछ । तर अर्थ मन्त्रालयबाट भने स्वीकृति लिनुपर्ने प्रावधान यथावत् राखिएको छ ।यसैबीच दुई देशका अधिकारीहरुबीच काठमाडौं(रक्सौल रेलमार्गको काम अघि बढाउने विषयमा पनि छलफल भएको छ । भारतले दिएको डीपीआर प्रतिवेदनमा नेपालले आफ्नो राय दिई अन्तिम रुप दिने सहमति भएको भौतिक पूर्वाधार मन्त्रालयले जानकारी दिएको छ ।यसैगरी एक्जिम बैंकबाट लिइएका ऋणका सर्त पुनरावलोकन गर्न भारत तयार भएको छ ।
थाहा खबर बाट साभार