कालिकोट । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बिहीबार बारुदी सुरूङ विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ।अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तस्थित वजिरिस्तानको मिर अली क्षेत्रमा बिछ्याइएको बारुदी सुरूङमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारि दिएको छ।मृतक बालबालिका जिल्लाको खजोरी क्षेत्र नजिकैको खेतमा गाईवस्तु चरारहेका वला विस्फोट भएको बताईएको छ । मृत्यु हुनेमा पाँच वर्ष देखि १५ वर्षसम्म उमेर समुहका बालबालिका रहेका बताईएको छ ।