कालिकोटमा टाईफाईड बिरुद्धको खोप अभियान सम्पन्न , ५२ हजारले पाए सेवा

कालिकोट । गत पौष १२ गतेबाट जिल्लाका नौ वटै स्थानिय तहमा संचालन गरीएको टाईफाईड बिरुद्धको खोप अभियान आज वाट सम्पन्न भएको छ । खोप अभियानको अन्तीम दिन आज सम्मको तथ्याङ्क अनुसार तिलागुफा नगरपालिकामा ५ हजार ८ सय ३९ जनाले खोप लगाएका छन जसमा महिला ३४९२ र पुरुष २३४७ जना रहेका छन, क्रमस महाबै गाउँपालिकामा २ हजार ५ सय ५५ जना जसमा १६५४ जना महिला र ९०१ जना पुरुष, पलाता गाउँपालिका ४ हजार १ सय ४१ जना जसमा २८०९ महिला र १३३२ जना पुरुष, नरहरीनाथ गाउँपालिकामा ८ हजार ५ सय ३ जना जसमा ४९६८ महिला र ३५३५ जना पुरुष, खाँडाचक्र नगरपालिका ८ हजार २ सय ४० जना जसमा ४२०६ महिला र ४०३४ जना पुरुष, राष्कोट नगरपालिका ७ हजार ६ सय ८७ जना जसमा ४४७५ महिला र ३२१२ जना पुरुष, शुभकालिका गाउँपालिका ५ हजार ३२ जना जसमा २९८८ महिला र २०३५ जना पुरुष, शान्नीत्रिवेणी गाउँपालिका ५ हजार १ सय ६७ जना जसमा २८७४ महिला र २२९३ जना पुरुष, पचालझरना गाउँपालिका ५ हजार ५ सय ५९ जना जसमा ३२३२ महिला र २३२७ जना पुरुष, रहेका छन नौ वटै स्थानिय तहमा ३० हजार ६ सय ९८ जना महिला र २२ हजार १६ जना पुरुष गरी जम्मा ५२ हजार ७ सय १४ जनाले खोप लगाएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । भूकम्प प्रभावित जिल्लाहरुमा संचालन गरिने टाईफाईड बिरुद्धको खोप अभियान २०८०-०८१ अन्र्तगत संचालन गरीएको खोप अभियान जिल्लाका सबै स्थानिय तहका २२२ वटा खोपकेन्द्र बाट १६ बर्ष देखी ४५ बर्ष उमेर सम्मका नागरीकहरुलाई खोप लगाईएको अधिकृत महतले जानकारी दिनु भएकोछ ।

error: Content is protected !!