मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

 

कालिकोट । राष्ट्रिय खेलकुद परिषद् राखेपले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ।खेलाडी प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपश्चात् खेलाडी आवासका रुपमा रुपान्तरण गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो।विगतमा नेपालमा भएका अन्तरराष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका वेला होटल तथा बसोबास खर्चबापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्न यो निर्णय गरेको सदस्य–सचिव घिसिङले बताएका छन्।अन्तरराष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणमा ठूलो धनराशी खर्च हुने गरेको छ। ’सदस्य–सचिव घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्नसके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका वेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई समानस्तरको बसोबास तथा खानपानकोव्यवस्थासहित आवास व्यवस्था गर्नसके नतिजा पनि राम्रो आउने बताएका हुन्।युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राखेपको कार्यकारी समितिको प्रस्तावलाई तदारुकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको सदस्य–सचिव घिसिङले जानकारी दिएका छन्।

error: Content is protected !!