बालिका बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ

कालिकोट । मोरङको सुन्दरहरैंचाबाट बालिका बलात्कार आरोपमा एकजना ५५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर रहेको प्रहरीले जनाएको छ। गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार गरिरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताईएको छ ।घटनाको प्रारम्भिक अनुसन्धानमा बालिकालाई डर देखाएर मगरले यसअगाडि पनि करणी गरेको खुलेको छ। पीडित बालिकाको स्वास्थ्यमा समस्या देखा परेपछि उनको उपचारसमेत भइरहेको प्रहरीले जनाएको छ।मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पुस १७ गते घटना भएको अभिभावकले देखेपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।

 

error: Content is protected !!