गरिब विद्यार्थीका लागि कोष स्थापना

कालिकोट । संखुवासभाको मंगलादेवी माध्यमिक विद्यालय तीन पोखरीमा गरिब विद्यार्थीका हरुका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ।गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले खाँदबारी नगरपालिका–७ स्थित तीन पोखरीमा रहेको मंगलादेवी माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना भएको हो।समाजसेवी स्वर्गीय ल्याप्टेन चिमबहादुर राई र पत्नी जयमाया राईको स्मृतिमा कोष स्थापना गरिएको बताईएको छ ।चिमबहादुर र जयमाया दम्पतिका दुई छोराहरू अजितकुमार राई र दिपबहादुर राईले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउन पाँच लाखको कोष स्थापना गरेका हुन्।

थाहा खबर बाट साभार

error: Content is protected !!