जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

 

कालिकोट । मासिक दुई लाख तलब हुने गरी जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बुधबार माछापोखरीबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा झापा कमल गाउँपालिका(४ का घर भई बानियाँटार बस्दै आएका गणेश कुमार कुलुङ राई रहेका छन्।५० वर्षीय राईले भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै उनीहरूलाई ठगी गरेको पाईएको छ थियो ।जापानको प्रतिष्ठित होटलमा कुक काम लगाइदिन्छु र मासिक दुई लाख तलब हुन्छ भनी विश्वास दिलाई उनले पटकपटक गरी जम्मा छ लाख पचास हजार लिई सम्पर्कविहीन भएका थिए।