नेपाल र भारतको संयुक्त बैठक बसी विद्युतीय व्यापार सम्झौतामा  हस्ताक्षर हुने

 

कालिकोट । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबार बस्दैछ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व एस।जयशंकरले गर्ने भएका छन्।प्रधानमन्त्री पुषपकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका वेला ऊसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा बैठकमा हस्ताक्षर हुने भएको छ। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी नेपाल(भारतबीच बिहीबार सम्झौता हुने जनाइएको छ। यस्तै १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन गर्ने तयारी भएको बताईएको छ।सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो साता भएको थियो।

error: Content is protected !!