कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ पोरीपाल्लीमा बसोवास गरीरहेकी ४० वर्षे अमृता कामीलाई गिट्टी कुटेरै जिवन गुजारा चलाउन पर्ने बाध्यता रहेकोछ । उनि गिट्टी कुट्नकै लागी घरबाट करीब चार घण्टाको उकालो बाटो हिडेर सदरमुकाम मान्म पुग्नु पर्ने बाध्यता रहेको छ । अमृताले गिट्टि कुटेरै सात जना परिवार पालिरहेकि छन् । उनको परिवारमा एउटा विरामी श्रीमान एउटा छोरा र चार जना छोरीहरु रहेका छन । उनका ४३ बर्षीय श्रीमान चैते कामी बिगत १० बर्ष देखी मानसिक रोगी रहेको बताउछिन् । उनि घरमा समेत बस्दैनन् कहिले गाई गोठमा बस्छन त कहीले ओडारमा बस्छन ।
घरकी जेठी छोरीले पनि तिन महिना अगाडी बिहे गरेर गईसकेकी छन् । चार जना नावालक छोरा छोरी सहीत विरामी श्रीमानको पालन पोषण गर्न गिट्टी कुट्नुको बिकल्प बाहेक अरु केही नभएको अमृताको भनाई रहेको छ । यति मात्रै होईन अमृताको परिवार बिद्धुत तथा सोलार नहुँदा अध्यारोमा बस्न समेत बाध्य भयको छ । करिब एक वर्ष अगाडीबाट उक्त वडामा केही घरहरुमा राष्ट्रिय प्रशारण लाईन जोडीएको छ । उनको घर नजिकको टोलका अति विपन्न घर परिवारको पहिचान गरी निशुल्क विद्युत वायरीङ्ग गर्ने र उज्यालो कार्यक्रम संचालन गर्ने वडा सरकारले निर्णय गरेतापनि अमृताको परिवार अध्यारोमा रात काटीरहेको छ । स्थानिय वासी तथा शिक्षक रणबहादुर बिश्वकर्माका अनुसार विपन्न परीवारका घरहरु विद्युत जडान गर्ने भनीएता पनि उल्टै सम्पन्न साली र पहुँच भएकाहरुको घरमा विद्युत जडान भएको बताउछन् । एक त आफ्नो परिवारको पिडावाट बिछिप्त भएकी अमृतालाई प्रत्येक दिन अध्यारै कटाउ पर्ने ति रातहरुले झन पिरोलीरहेका हुन्छन । अमृता आफु पनि अस्वस्थ छन एक वर्ष अगाडी लडेर ढाडमा चोट लागे पनि गरुङ्गो भारी बोक्न नसक्ने उनि बताउछिन ।
अमृताको परिवारमा एक पछि अर्को पिडै पिडा छन । उनकी एउटा छोरी समेत अपाङ्ग छन । अमृता भक्कानिएर भन्छीन कुनै चाड वाड आउँदा छोरा छोरीले मिठो खान खोज्छन राम्रो लाउन खोज्छन तर आफुलाई एक छाक टार्न संकट छ । उनको कमाई खाने जग्गा जमिन समेत प्रयाप्त छैन । आफुले उत्पादन गरेको अन्नले तिन महिना पनि राम्रो संग खान नपुग्ने उनको गुनासो रहेकोछ ।