पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत अपचलनमा थप दुई जना कारागार चलान भएका छन्।सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ बुधबार कारागार चलान भएका हुन्।सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई ९जिबी० सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ पनि फरार थिए।उनीहरूले मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएपछि जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश थापाले अर्याल र गुरूङलाई पुर्पक्षका लागि कारागार चलान गरेका हुन्।कारागार चलान भएका गुरूङ नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन्।यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन्।सहकारीको रकम अपचलन मुद्दा लागेका अध्यक्ष जिबी राईसहित १५ जना अझै फरार छन्। उनीहरूले सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरले गरेको छानबिनमा उल्लेख छ।ग्यालेक्सी टिभीका अध्यक्षसमेत रहेका सहकारीका पूर्वअध्यक्ष जिबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट मात्र कम्तीमा १० करोड रुपैयाँ गैरकानुनी रूपमा सहकारीमा लगानी गरेको छानबिन प्रतिवेदनमा छ।
सेतो पाटी बाट साभार