कालिकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको सत्रौँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको छ।बैंकद्वारा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा ती कर्मचारीलाई सम्मान गरेको बताएका छन् ।अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखी ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताएका छन्।उनले बैंक स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको बताएका छन्।नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै मेहनत र लगनशीलतामा जोड दिन कर्मचारीलाई आग्रह गरेका छन्।कर्मचारीको अथक परिश्रम र लगनशीलताका कारण बैंक वर्तमान अवस्थामा आइपुगेको बताउँदै अध्यक्ष ढकालले उत्कृष्ट बैंक बनाउन योगदान पुर्याएका भन्दै सबै कर्मचारीलाई धन्यवाद प्रकट गरेका छन् ।