हत्कडीसहित जिल्ला अदालतबाटै थुनुवा फरार

कालिकोट । काठमाडौँ जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन्। आज म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार रहेको बताईएको छ ।ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन्। उनी डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा केही समय अघि उनी पक्राउ परेका थिए।उपत्यकाका सबै नाका तथा प्रहरी वृत्तमा जानकारी गराई उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

error: Content is protected !!