काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल(अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । यसबारे इजरायली सेनालाई सोध्दा विदेशी मिडियामा आएका खबरको जवाफ नदिने बताएको रोयटर्सले जनाएको छ ।हमासले भने एल(अक्सा रेडियोमार्फत् अरुरीको हत्या भएको पुष्टि गरेको छ । हमासका पोलिट ब्युरो सदस्य इज्जत अल(शार्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भनेका छन् ।बेरुतमा मारिएका सालेह अल अरुरी हमासको पोलिट व्युरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । अरुरीमाथि अमेरिकाले पाँच मिलियन डलर इनाम घोषणा गरेको थियो ।उनी हमासको सैन्य विङ्ग र कासिम ब्रिगेडको संस्थापकमध्येका एक हुन् । यही कासिम ब्रिगेडले गत ७ अक्टुबरमा इजरायलमा भिषण आक्रमण गरेको थियो । त्यसै दिनदेखि इजरायलले हमासलाई समाप्त पार्ने भन्दै सैन्य कारबाही जारी राखेको छ ।
अनलाईन खबर बाट साभार