कालिकोट । बाराको जीतपुरसिमरामा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ।जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित ६ लेन सडकमा मंगलबार राति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–३२ का २७ वर्षीय दीपक शर्माको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।पथलैयाबाट जीतपुरतर्फ आउँदै गरेको ना १ ज ३५२७ नम्बरको टाटा सुमोले ना ५९ प ३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।घटनापछी सुमो चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।